loader

Breaking News

इन्टेक पुलमा गरियो ढलाइ : क्षेत्रवासीको समस्या चाँड़ै हट्ने

Image
 

जीटीएको रङ्बुल धोत्रे समष्टि अन्तर्गत सिडर्स इन्टेक पुलमा बिहीवार पहिलो चरणको ढलाई भएको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट प्रमुख  अजय एडवर्ड्स अनि क्षेत्रका अठाह्रवटा समाजहरुको सामूहिक प्रयासमा उक्त पुल निर्माण कार्य चलिरहेको छ। 
यस ठाउँमा पुल नहुँदा  धोतरिया, तुङ्सुङ, सिडर्स, रङ्मूक, मिलिङ, मून्डाकोठी, मलोट, धजिया अनि नागरीका जनताले धेरै समस्या भोग्न परिरहेको थियो भने यो पुल निर्माणपछि अब यस क्षेत्रका वासिन्दाहरुलाई सोनादा, खरसाङ अनि सिलगढ़ी आदि जानलाई  धेरै सुविधा हुनेछ।
बिहीवार पुलको पहिलो चरणको ढलाइमा एडवर्ड्स मुख्य रूपले उपस्थित थिए।


Leave a Comment